सप्तरी प्रहरीको मासिक प्रगति विवरण सार्वजनिक

कार्य सम्पादन मुल्याँकनमा मधेश प्रदेशमा प्रथम


सप्तरी, चैत ३ । जिल्ला प्रहरी कार्यालय सप्तरी कार्य सम्पादन मुल्यांकनमा मधेश प्रदेशमा पहिलो स्थान प्राप्त गरेको छ । माघ महिनाको कार्य सम्पादन मुल्यांकनमा मधेश प्रदेशमा पहिलो तथा ७७ जिल्लामा पाँचो स्थान प्राप्त गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार फागुन महिनाको प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम कुमार केसीले कार्य सम्पादन मुल्याँकनको आधारमा मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय सप्तरी पहिलो भएको बताए । माघ महिनाको मुल्यांकनमा प्रदेशको ८ वटै जिल्लामा सप्तरी पहिलो र ७७ वटै जिल्लामा पाँचो स्थान प्राप्त गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रगति विवरणमा फागुन महिनामा विभिन्न अपराधका ६८, जघन्य तथा गम्भिर अपराधका ७, फैसला कार्यान्वयनको क्रममा ३४ जनालाई पक्राउ गरिएको, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक तर्फको उजुरी संख्या ५०, हराएका २० जना मध्ये ७ जनालाई फेला परेको, ठाढो उजुरी २०९ वटा आएको मध्ये १८८ फछ्योट भएको, लागुऔषध तर्फ गाँजा ६१ किलो ७७ ग्राम र ब्राउन सुगर ४६० मिलिग्राम नियन्त्रणमा लिएको उल्लेख छ ।

यस्तै अनुचित लेनदेनमा ४१ लाख ४० हजार रुपैयाँ र ५ कठ्ठा ४ धुर जग्गा र १८ लाखको तमसुस समेत फिर्ता गराएको बताउँदै प्रहरी उपरीक्षक केसीले राजस्व चुहाबट तथा भन्सार छली नियन्त्रण तर्फ ६ लाख ४८ हजार एकसय ५० रुपैयाँ बराबरको मालसमान बरामद गरि भन्सार बुझाइएको बताए ।

आगलागी र जनावरको आक्रमणबाट ८८ लाख ८१ हजारको क्षति भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा सप्तरी प्रहरीले ७०२ जना लाभान्वित हुने गरि विभिन्न सचेतनामुलक कार्यक्रम समेत गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा प्रहरी उपरीक्षक केसीले जिल्ला प्रहरीको टोलफ्री नम्बर र एकसय नम्बरमा फोन कम आउने गरेको र प्रहरीका उच्च अधिकारीको नम्बरमा बढी फोन आउने गरेको हुँदा टोलफ्री नम्बर र एकसय नम्बरमा फोन गर्न सेवाग्रहीलाई आग्रह गरे ।

प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलवार १६:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको