एजेन्सी चैत ४ । मध्य भारतको इंदौरस्थित ब्रिजेश्वरी एनेक्समा एक घरमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ भने तीन जना सुरक्षित बचाइएका छन्। घटना घर बाहिर इलेक्ट्रिक गाडी चार्ज भइरहेको बेलामा भएको धमाकासँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पुलिस कमिश्नर सन्तोष कुमार सिंहले दिएको जानकारी अनुसार घर बाहिर इभी चार्जिंगको समयमा धमाका भएको थियो। त्यसपछि आगो गाडीबाट घरभित्र फैलियो। घरभित्र राखिएका १० भन्दा बढी ग्यास सिलिन्डर र ज्वलनशील रसायन पनि विस्फोट भएको छ ।
घटना घर मालिक मनोज पुगलियाको घरमा भएको थियो। घरमा राखिएका रासायनिक पदार्थ र ग्यास सिलिन्डरले आगोलाई तीव्र बनाएको बताइएको छ।
मृतकहरूमा मनोज पुगलिया (घर मालिक), सिमरन, विजय सेठिया, सुमन सेठिया र छोटू सेठिया रहेका छन भने अन्य एक जनाको नाम खुल्न सकेको छैन ।
घटना बाट सौरभ , सुनिता, सोनिललाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
पडोसीहरूले बताएअनुसार बिहान घरबाट चीखपुकार आएपछि उनीहरूले तत्काल आगो नियन्त्रण गर्न पानीले प्रयास गरे पनि घरभित्र आगो फैलिसकेको थियो। फायर ब्रिगेड र प्रहरीलाई खबर गरे पनि आगो नियन्त्रण बाहिरैबाट सम्भव भएन।
घटनापछि कॉलोनीमा शोक र डरको वातावरण रहेको छ। प्रारम्भिक अनुमान अनुसार, आगलागीका कारण घरमा रहेका सात व्यक्ति जिवितै जल्दा ठूलो मानवीय क्षति भएको छ।






