काठमाडौं, चैत ५ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ।
निर्वाचन आयोग ले सोमबार सार्वजनिक गरेको सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का ५७, नेपाली कांग्रेस का २०, नेकपा एमाले का १६, नेपाल कम्युनिष्ट पार्टी का ९, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का ४÷४ जना सांसद निर्वाचित भएका छन्।
आयोगले आजै निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेपछि प्रतिनिधिसभा निर्वाचन, २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बुझाउने तयारी गरेको छ।
राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश भएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्नेछ।






