घटस्थापना संगै चैते दसैं शुरु, राजदेवी मन्दिरमा विहानै देखी श्रद्धालुको घुइचो



जनकपुरधाम, चैत ५ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दसैं (चैत्र नवरात्र) सुरु भएको छ। यस अवसरमा जनकपुरधाम स्थित राजदेवी मन्दिरमा विहानै देखी श्रद्धालुहरुको घुइचो लागेको छ ।

वर्षमा चार पटक मनाइने दशै मध्ये असोज महिनाको दशै पछि भव्यता पूर्वक मनाइने चैते दशैको तयारी पुरा भएको राजदेवी मन्दिर स्रोतले जनाएको छ ।

आज घटस्थापना गरि विधिवत रुपमा चैते दसैंको शुभारम्भ भएको हो ।

चैते दशैको अवसरमा आज देखी राम नवमी सम्म विविध पूजापाठको आयोजना गरिने भएको छ ।

चैत्र नवरात्रको अवसरमा राजदेवी मन्दिर सहित जनकपुरधामका प्रमुख शक्तिपीठहरुमा समेत भव्य पूजा अर्चनाको तयारी गरिएको छ ।
शास्त्रीय परम्पराअनुसार वर्षमा चारपटक नवरात्र मनाइन्छ। आषाढ, आश्विन, पौष र माघ शुक्ल पक्षमा पर्ने नवरात्रमध्ये आषाढ र पौष महिनाको नवरात्रलाई ‘लुप्त नवरात्र’ पनि भनिन्छ।

प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार ०८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको