महोत्तरी, चैत ५ । मुआब्जा विवादका कारण पूर्वपश्चिम रेल्वे निर्माण कार्य अवरुद्ध भएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनालाई बाँकी रहेको मुआब्जा विवादले काम रोकिएको हो ।
भारत सरकारको सहयोगमा जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ। तर भङ्गाहा–बर्दिबास खण्डको काम मुआब्जा नदिँदा रोकिएको छ।
चौध जनालाई रु ७–८ करोडको मुआब्जा बाँकी रहेको छ। सम्बन्धित विभागले रकम निकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको छ।
बर्दिबासका पीडितहरूले पटक–पटक रेल विभागमा मुआब्जा माग्दा पनि सुनुवाई नभएपछि, उनीहरूले अन्ततः रेल्वे मार्ग निर्माण कार्य रोक्न बाध्य भएका छन्।






