काठमाडौँ, चैत ५ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा फेरि कमी आएको छ। सुन तोलामा रु ५,४०० र चाँदी रु १४० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला रु ३,०२,३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु ५,१० तोलामा कायम भएको छ।
हिजो बुधबार छापावाल सुन प्रतितोला रु ३,०७,७०० र चाँदी रु ५,१५० मा कारोबार भएको थियो। गत मङ्गलवारको तुलनामा पनि मूल्यमा गिरावट आएको देखिन्छ , मङ्गलवार एक तोला छापावाल सुन रु ३,०९,९०० र चाँदी रु ५,३३५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजार अनुसार आज सुनको मूल्य प्रति औँस ४,९०० अमेरिकी डलर र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






