पाकिस्तान र अफगानिस्तानबीच एक साताका लागि युद्धविराम



एजेन्सी, चैत ५ । पाकिस्तान र अफगानिस्तानबीच एक साताको लागि युद्धविराम भएको छ । ईद–उल–फितरको अवसरमा केही दिनका लागि चलिरहेको संघर्ष रोकेको दुबै देशले जनाएको छ । अधिकारीहरूका अनुसार यो अस्थायी विराम १९ मार्च बिहीबार मध्यरातबाट २४ मार्च मङ्गलबार मध्यरातसम्म लागु हुनेछ।

पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तारड़का अनुसार, यो निर्णय सऊदी अरब, कतर र तुर्कीको अनुरोधमा गरिएको हो। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “पाकिस्तानले यो कदम सद्भावना र इस्लामिक मूल्य अनुसार उठाएको हो।”



तर, उनले चेतावनी पनि दिएका छन् – “यदि सीमा पारबाट कुनै हमला, ड्रोन हमला वा पाकिस्तानभित्र आतंकवादी घटना भए, भने तत्काल कडा प्रतिक्रिया दिइनेछ।”

अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पनि पाकिस्तानविरुद्धका आफ्ना सैन्य अभियान अस्थायी रूपमा रोक्ने बताएका छन्। केही दिनअघि अफगानिस्तानले पाकिस्तानमाथि काबुलको नशा मुक्ति केन्द्रमा हवाई हमला गरेको आरोप लगाएको थियो, जसमा सयौं जनाको मृत्यु भएको बताइएको थियो। पाकिस्तानले यस आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै भनेको छ कि उसले केवल आतंकवादी र सैन्य ठिकानालाई मात्र निशाना बनाउँछ।

प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार ०९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको