कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि स्थगित



जनकपुरधाम, चैत ६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। पार्टी सहमहामन्त्री डा। डिला संग्रौलाका अनुसार बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने तय गरिएको छ।

आजको बैठकमा सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र पेश गरेका थिए। प्रवक्ता देवराज चालिसेका अनुसार अधिकांश केन्द्रीय सदस्यहरूले सभापतिको राजीनामा अस्वीकृत गर्ने धारणा व्यक्त गरेका थिए।

त्यसैगरी, उपसभापति शर्माले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर नतिजाको कारण विश्लेषण गर्दै समीक्षा प्रतिवेदन पनि पेश गरेका थिए। नेताहरूका अनुसार आजको बैठकमा सो प्रतिवेदनमाथि विस्तृत छलफल भएको छ।

बैठक स्थगित भएपछि अब कांग्रेस नेतृत्वले आइतबार हुने बैठकमा राजीनामा, समीक्षा प्रतिवेदन र भावी रणनीतिसहितका अन्य एजेन्डामा निर्णय लिने अपेक्षा गरिएको छ।

यो घटनाक्रमले कांग्रेसभित्रको नेतृत्व र रणनीतिसम्बन्धी छलफललाई अझै केन्द्रित बनाएको छ, जसले आगामी महाधिवेशन र पार्टीको पुनर्संरचनामा प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ६, शुक्रबार १८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको