कतरको ग्यास प्लान्टमा ईरानी आक्रमण, विश्वभरको ऊर्जा आपूर्ति जोखिममा



एजेन्सी, चैत ६ । मध्यपूर्वमा बढ्दो तनावका बीच ईरानले कतरको तेल तथा ग्यास प्रतिष्ठानमाथि हमला गरेको छ। यस हमलाले कतरको प्रसिद्ध रास लफान रिफाइनरीमा उत्पादन भइरहेको लिक्विफाइड नेचुरल ग्यास एनएलजी निर्यात क्षमता करिब १७ प्रतिशत घटाएको छ। प्रभावित क्षतिको मर्मत र पुनःस्थापना गर्न पाँच वर्षसम्म समय लाग्ने अनुमान छ।

कतर एनर्जीका सीईओ साद अल-काबीका अनुसार १८ र १९ मार्च २०२६ मा भएको मिसाइल आक्रमणले मुख्य उत्पादन सुविधामा ठूलो क्षति पुर्‍याएको छ। कतरले यस संकटका कारण केही दीर्घकालीन एनएलजी अनुबंधमा ‘फोर्स मेज्योर’ घोषणा गर्न बाध्य भएको छ। यसबाट वार्षिक राजस्वमा करिब २० अर्ब डलरको घाटा पुग्ने अनुमान गरिएको छ।



भारतका लागि यो अवस्था गम्भीर चुनौती बनेको छ। भारत आफ्नो कुल प्राकृतिक ग्यास आवश्यकताको करिब ४७ प्रतिशत मात्र कतरबाट आयात गर्छ। २०२४ मा भारतले २७.८ मिलियन मेट्रिक टन एनएलजी आयात गरेकोमा कतरले ११.३० एमएमटी आपूर्ति गरेको थियो। यस व्यवधानका कारण घरेलु बजारमा उपलब्धता घट्ने र मूल्य वृद्धि हुने जोखिम देखिएको छ।

कतरका ऊर्जा मन्त्री साद शेरिदा अल(काबीले बताए अनुसार क्षतिग्रस्त ट्रेन ४ र ट्रेन ६ को वार्षिक उत्पादन क्षमता १२.८ मिलियन टन हो, जसले कतरको कुल निर्यातको करिब १७ प्रतिशत हिस्सा ओगट्छ। मर्मत कार्य पूरा गर्न तीन–पाँच वर्ष लाग्नेछ।

यो संकट केवल भारतमा मात्रै सीमित छैन , चीन, दक्षिण कोरिया, इटली, बेल्जियम लगायतका देशको एनएलजी आपूर्ति र ऊर्जा सुरक्षा पनि प्रभावित हुने अनुमान छ। विशेषज्ञहरूले यस घटनालाई वैश्विक ऊर्जा बजारमा दीर्घकालीन अस्थिरताको संकेतको रूपमा लिएका छन्।

भारत र अन्य प्रभावित देशहरूले वैकल्पिक आपूर्ति स्रोत खोज्ने र ऊर्जा व्यवस्थापन रणनीति मजबुत पार्ने आवश्यकतामा जोड दिइएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ६, शुक्रबार १२:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको