काठमाडौं, चैत ८ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने जानकारी केन्द्रीय सदस्य मधु आचार्यले दिएका छन्।
गत शुक्रबारदेखि जारी बैठकमा उपसभापति विश्वप्रकाश शर्मा ले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ।
त्यसैगरी, पार्टी सभापति गगन थापा को राजीनामाबारे पनि बैठकमा छलफल भइरहेको छ। अधिकांश सदस्यहरूले उनको राजीनामा अस्वीकार गर्नुपर्ने धारणा राखेका छन्।






