मतदातालाई बुझाउन नसक्दा चुनाव हारियो : कांग्रेस



काठमाडौं, चैत ८ । नेपाली कांग्रेसले पछिल्लो निर्वाचनमा मतदातादालाई बुझाउन नसक्दा हारको सामना गर्नु परेको प्रारम्भिक निष्कर्ष निकालेको छ । हुनत :निर्वाचनको परिणामलाई वस्तुगत र वैज्ञानिक दृष्टिले विश्लेषण गर्नुपर्ने आवश्यकता समेत औल्याएका छन । पार्टी प्रवक्ता देवराज चालिसेले केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै विगतमा कांग्रेसको वैचारिक प्रभाव बलियो भए पनि हाल कमजोर भएको सन्देश देखिएको बताए

प्रवक्ता चालिसेले भने, “हिजोका दिनमा लामो राजनीतिक पृष्ठभूमि भएका क्षेत्रहरुमा नेपाली कांग्रेसको वैचारिक एकाधिकार थियो। तर अहिले त्यहाँ हाम्रो दखल कम भएको वा कमजोर भएको संकेत देखिन्छ।”

उनले थपे कि पछिल्लो चुनावले व्यवस्था परिवर्तन नगरी अवस्था परिवर्तनको लागि मतदाताले मतदान गरेको स्पष्ट भएको छ। परिवर्तन विद्रोह वा हिंसाबाट मात्र सम्भव छैन, लोकतान्त्रिक प्रक्रियामार्फत पनि सम्भव हुने मान्यता यस चुनावले स्थापित गरेको उनले बताए।

चालिसेले स्वीकारे कि पार्टीले मतदातालाई आफूमा आबद्ध हुँदा र नआबद्ध हुँदा हुने फरक प्रभाव प्रभावकारी रूपमा बुझाउन नसक्दा विश्वास जित्न असफल भएको हो। उनले भने, “पार्टीमा जोडिएपछि र नजोडिँदा के फरक पर्छ भन्ने कुरा मतदातालाई बुझाउन नसक्दा हाम्रो पक्षमा पर्याप्त मत आइन। चुनावमा उम्मेदवार रोजेको भन्दा पनि अप्रतिक्रिया दिएको मत बढी देखियो।”

प्रकाशित मिति: २०८२ चैत्र ८, आईतवार १२:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको