सेन्ट्रल इन्जिनियरिङ कलेजलाइ आइएसओ प्रमाणपत्र प्राप्त



जनकपुरधाम, चैत ९ । जनकपुरधामस्थित सेन्ट्रल इन्जिनियरिङ कलेज ले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड आइएसओ ९००१ ः २०१५ प्रमाणपत्र प्राप्त गर्दै आफ्नो शैक्षिक यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

वि.सं. २०५३ मा स्थापना भएको कलेजले सुरुवातदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित निरन्तर प्रगति गर्दै आएको छ । पुर्बाञ्चल विश्वविद्यालय सँग आबद्ध रही इन्जिनियरिङ्ग तर्फ सिभिल, इलेक्ट्रीकल, बिआइटी, एमबिए, बिबिए लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको कलेज आइएसओ प्रमाणपत्रले विद्यार्थीहरूको भरोसा लाई थप बल प्रदान गरेको छ ।



कलेजका संस्थापक विजय झाले आइएसओ प्रमाणपत्रले कलेजको शैक्षिक मान्यतालाई विश्वस्तरमा स्थापित गर्न मद्दत पुगेको बताएका छन । उनले भने ,‘अब यस कलेजबाट अध्ययन गरेका विद्यार्थीलाई विश्वको कुनै पनि कुनामा काम गर्न वा अगाडीको अध्ययनको लागि विभिन्न ठाँउबाट सिफारिस गराउनु पर्ने बाध्यताको अन्त्य भएको छ।

आइएसओ प्रमाणपत्र प्राप्त गरेका सेन्ट्रल इन्जियिनरिङ्ग कलेज मधेशकै पहिलो कलेज बनेको छ ।

गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता मुल नारालाई आत्मसात गर्दै कलेजले आधुनिक प्रयोगशाला, दक्ष तथा अनुभवी शिक्षक तथा व्यवहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ । यसले विद्यार्थीहरूलाई सक्षम, दक्ष र आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

आइइसओ प्रमाणपत्र प्राप्ति कलेजका लागि केवल उपलब्धि मात्र नभई शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको निरन्तर मेहनत र समर्पणको प्रतिफलका रूपमा पनि हेरिएको छ।

यस उपलब्धिले कलेजलाई आगामी दिनमा अझ उच्चस्तरीय शिक्षा र सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार १५:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको