प्रधानमन्त्री कप : जनकपुरमा लुम्बिनी र वीरगन्जमा सुदूरपश्चिम वीजयी



घनश्याम मिश्र
जनकपुरधाम, चैत ९ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १ सय ४८ रको विशाल अंतरले पराजित गरेको छ।

आज जनकपुरधाम स्थित राम जानकी क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बनीले प्रस्तुत गरेको २ सर ५० रको लक्ष्य पछ्याउदा कोशी ३१।४ ओवरमा १०१ रन मैं सिमित हुन पुग्यो । कोशिको लागि अंकित सुबेदिले सर्वाधिक ३० रको योगदान दिए । दीपेश कंडेलले १५ र कप्तान सूजन थपलियालले ११ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न भने सकेन। कोशिलाई सस्तोमा समेटन संतोष यादवले शानदार बॉलिंग गर्दै ७ ओवरमा मात्र ११ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिएका थिए। राजेन्द्र बम ३, निर्मल गुरुंग २ र संदेश थापाले १ विकेट हात पारे।



अघि टॉस हारेर पहिले ब्याटिंग गर्दै लुम्बिनीले कप्तान देव खनालको अर्धसतकीय पारिको मद्दतले ४९।३ ओवरमा सबै विकेट गुमाई २४९ रन बनाएको थियो। खनालले १०० बल खेल्दै ८ चौका र १ छक्काको मद्दतले ९१ रन बनाए । त्यस्तै संतोष यादवले ६२ बलमा ४८ रको योगदान दिए । ओपनर रंजीत खड्काले ३६ बलमा ३५ रन जोड़े । कोशिका लागि सूजन थपलियाले १० ओवरमा ३५ रन ख़र्चेर ४ विकेट लिए । दीपेश कंडेलले २ तथा विपिन महतो र प्रेम कामतले १(१ विकेट लिए । जीत पछि लुम्बनिको २ खेल बाट ३ अंक पुगेको छ ।

प्लयेर ऑफ द म्याच लुम्बिनी प्रदेशका संतोष यादव घोषणा भए । उनले ७ ओवरमा १ मैडन , ११ रन ख़र्चीदै ४ विकेट सँगै ६२ बलमा ४८ रन समेत बनाएका थिए ।

कोशिको दुइ खेल पछि मात्र १ अंक रहेको छ। वर्षातको कारण मधेश र कोशी विच खेल हुन न सकेपछि एक एक अंक बांडीएको थियो।
बर्सातको कारण गत शनिबार हुने भनिएको खेल हुन सकेको थिएन। मधेस प्रदेश र कोशी प्रदेश बीच खेल हुन नसकेपछि समान अङ्क बाँडिएको थियो। निर्माणार्थ श्री राम जानकी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आजको खेल सम्पन्न भएपछि टुर्नामेन्ट डाइरेक्टर आकाश पाण्डे खुसी व्यक्त गर्दै भने नेपालमै अहिले सम्मको सबैभन्दा राम्रो विकेट हाम्रो विकेट रहेको दावी गरे ।

त्यस्तै बीरगंजमा आजै सम्पन्न खेलमा हेमन्त धामीले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि कर्णालीलाई ११९ रनमा रोकेको सुदूरपश्चिम प्रदेशले पीएम कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । वीरगञ्जस्थित नारायणी रंगशालामा भएको खेलमा कर्णालीले दिएको १२० रनको लक्ष्य सुदूरले २९।२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरका लागि किरण ठगुन्नाले सर्वाधिक २६ रन बनाए भने खडक बोहराले २३ रन बनाए । मिलन बोहरा १८ र शेर मल्ल १० रनमा अविजित रहे । कर्णालीका लागि अनुज चनारा र दिवान पुनले २(२ विकेट लिए भने प्रकाश जैशी र दिपेन्द्र रावतले १(१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनाएको थियो । बिपिन रावलले सर्वाधिक ३३ रन बनाए भने सुनिल धमलाले २८ रन बनाए । सुदूरका हेमन्तले ७ ओभरमा १६ रन मात्र दिएर ६ विकेट लिए । शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले १(१ विकेट लिए ।

प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार १७:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको