जितेश यादव
सर्लाही, चैत १० । सर्लाहीको रामनगर गाउँपालिकामा तयारी अवस्थामा रहेको उखु खेतमा भीषण आगलागी भएको छ।
गाउँपालिकाको वडा न –१ महादेव टोलबाट पुर्वपट्टी करिव २० बिग्घामा लागाएको उखु खेतमा आगलागी भएको हो ।
स्थानीय अच्चेलाल रायले काटेको उखु खेतमा जलाएको उखुपरालबाट सल्किएको आगोले त्यो क्षेत्रका करिव २० बिघा उखु जलेको छ।
घटना स्थलमा स्थानीयहरु आगो निभाउने प्रयास गरिरहेका छन।








