विदा दिनको सदुपयोग गर्दै एक विद्यालयद्वारा मठ–मन्दिरको सरसफाई



सप्तरी, चैत १४ । राजविराज स्थित एक विद्यालयले विदा दिनको सदुपयोग गर्दै मठ–मन्दिरको सरसफाई गरेका छन् ।

राजविराज ५ स्थित लिटिल एंजल मोडर्न सेकेण्ड्री स्कूलका शिक्षिका तथा विद्यार्थीले शनिवार यहाँ स्थित विभिन्न मठ–मन्दिर सरसफाई गरेर विदा दिनको सदुपयोग गरेका हुन् । शिक्षिकाद्वय राजेश्वरी थापा र पुजा दासको नेतृत्वमा विद्यालयका दुई दर्जन छात्रछात्रा सम्मिलित टोलीले राजविराज ७ स्थित भगवती, हनुमान तथा शिव मन्दिरको सरसफाई गरेका छन् ।

शिक्षिका राजेश्वरी थापाले विद्यालयका सञ्चालक नरेन्द्र देव, प्रिंसिपल कुसुम देव तथा शिक्षक, शिक्षिका र विद्यार्थी समेतको सहभागितामा बसेको बैठकले शनिवारका दिन विभिन्न रचनात्मक कार्य गरेर सदुपयोग गर्ने सहमति अनुसार आफुहरु मन्दिर सरसफाईमा जुटेको बताईन् ।

यस्ता कार्यक्रमहरु भावी दिनमा समेत विदा परेका दिन सञ्चालन हुने उनको भनाई छ । सरसफाई कार्यमा उपस्थित भएका राजविराज ७ का वडा सदस्य रामानन्द देवले विद्यालयको उक्त प्रयासको प्रसंसा गर्दै अन्य विद्यालयले समेत विदाका दिन विभिन्न खाले समाजिक कार्यक्रम गरेर विदाको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २०८२ चैत्र १४, शनिबार १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको