काठमाडौं, चैत १४ । एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध देशभरका मातहत कमिटीहरूलाई प्रतिकारमा उत्रन निर्देशन दिएको छ।
अध्यक्ष दिपक धामीले शनिबार बिहान ९ बजे विज्ञप्ति जारी गर्दै प्रतिकारमा उत्रन निर्देशन दिएका छन्। उनले ओलीको पक्राउलाई गैरकानुनी ठहर गर्दै भनेका छन्, “यस गैरकानुनी कार्यको सशक्त प्रतिकार गर्न देशैभरीका मातहतका कमिटीलाई अनुरोधसहित निर्देशन गरिन्छ।”
शनिबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो टोलीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको थियो।
एमालेले भनेको छ कि उनीहरूको पक्राउ राजनीतिक प्रतिशोधको प्रयास भएको प्रतिक्रिया स्वरूप, अनेरास्ववियुले देशभरका विद्यार्थी संगठनलाई सक्रिय हुन निर्देशन दिएको हो।






