काठमाडौं, चैत १४ । केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शनमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएको छ।
एमाले समर्थित प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अघि बढ्न खोज्दा बबरमहलस्थित जिल्ला अदालत क्षेत्रमा प्रहरीले रोक्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो।
झडपका क्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल तथा सामान्य झडप भएको जनाइएको छ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने प्रदर्शनकारीहरू अदालत क्षेत्र आसपासमा जम्मा भइरहेका छन्।
घटनापछि सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ र थप सुरक्षाकर्मी परिचालन गरिएको छ।






