ओली–लेखक पक्राउबारे समीक्षा पछि मात्र कांग्रेसको धारणा सार्वजनिक हुने



काठमाडौं, चैत १४। नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउबारे समीक्षा पछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ।

नवनिर्वाचित सांसदहरूका लागि आयोजना हुने ‘संसदीय सचेतना’ कार्यक्रममा ओली–लेखक पक्राउबारे पार्टीले प्रारम्भिक धारणा सार्वजनिक नगरी समग्र परिस्थितिको समीक्षा गर्ने तयारीमा रहेको एक पदाधिकारीले बताए।

पदाधिकारीले भने, “आज पार्टी कार्यालयमा संसदीय सचेतना कार्यक्रम छ। त्यहाँ सबै कुरा भेटेर समीक्षा पछि धारणा सार्वजनिक गर्ने छौं।”

कांग्रेसले पार्टीको संसदीय अभ्यास, प्रक्रिया र प्रतिज्ञापत्रबारे नयाँ सांसदहरूलाई जानकारी गराउने क्रममा कार्यक्रम बिहान ११ बजे सानेपा कार्यालयमा सुरु हुनेछ।

स्रोतका अनुसार, ओली–लेखक पक्राउबारे पार्टीभित्र मतभिन्नता रहेको कारण कांग्रेसका नेताहरूले तत्काल प्रतिक्रिया दिन नमानेका छन्।

नवगठित सरकारले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको सिफारिस अनुसार ओली र लेखकलाई शनिबार बिहानै पक्राउ गरेको हो। तर कांग्रेसले उक्त प्रतिवेदनलाई अपूरो र अधुरो ठहर गर्दै, अध्ययनका लागि कानुनका विज्ञ, शासन अनुभव भएका व्यक्तिहरू र जेनजी आन्दोलनमा संलग्न युवा अभियन्ता समेत राखेर समिति गठन गर्ने भएको छ।

बिहीबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता म्भखबचबव ऋजबष्किभले उक्त समितिले कार्की आयोग र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिवेदनहरू गहन अध्ययन गरेपछि मात्र पार्टीले आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने बताए।

प्रकाशित मिति: २०८२ चैत्र १४, शनिबार ०९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको