काठमाडौं, चैत १४ । गृहमन्त्री सुदन गुरुङ्गले देशमा कानुनको शासन स्थापित गर्न कुनै पनि व्यक्ति कानूनभन्दा माथि नहुने बताएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त कदम प्रतिशोध नभई न्यायको सुरुवात भएको स्पष्ट पारेका हुन्।
गुरुङले लेखेका छन्, कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।”
उनले अब मुलुकले नयाँ दिशा लिने विश्वास व्यक्त गर्दै कानुनी प्रक्रियालाई निष्पक्ष र प्रभावकारी रूपमा अगाडि बढाइने संकेत दिएका छन्।






