ओली–लेखक पक्राउ प्रकरणमा कडा प्रतिवाद गर्ने नेविसंघको चेतावनी



काठमाडौं, चैत १४ । नेपाल विद्यार्थी संघले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ निर्णय कानूनी राज्यको आधारभूत सिद्धान्तविपरीत भएको बताउँदै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

संघले शनिबार जारी विज्ञप्तिमा भनेको छ, “यो निर्णय कानूनी राज्यको आधारभूत सिद्धान्तविपरीत छ। संघ उक्त निर्णय तुरुन्त खारेज गर्न माग गर्दछ। यस्ता पक्षपातपूर्ण निर्णय जबरजस्ती कार्यान्वयन गर्न खोजिए कडा प्रतिवाद गर्ने जानकारी गराउँदछ।”

नेविसंघले मन्त्रिपरिषदले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलगायत निश्चित व्यक्तिहरूमाथि स्वेच्छाचारी रूपमा पक्राउ र कारबाही गर्न अनुमति दिएको भन्दै सरकार पूर्वाग्रही रूपमा क्रियाशील रहेको ठहर गरेको छ।

संघले आयोगका प्रतिवेदन पनि अपूर्ण, प्रतिशोधपूर्ण र त्रुटिपूर्ण व्याख्यामा आधारित भएको उल्लेख गर्दै भन्यो, “नैतिक वा राजनीतिक जिम्मेवारी र फौजदारी दायित्व एउटै होइन भन्ने भेद नबुझी कोही कसैलाई पक्राउ र अभियोजन गर्नु राजनीतिक प्रतिशोध मात्र हो।”

प्रकाशित मिति: २०८२ चैत्र १४, शनिवार १७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको