जनकपुरधाम, चैत १५ । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुर (दनुवार टोल)मा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५३ वर्षीय ओपेन्द्र सिंह दनुवार पक्राउ परेका छन्।
प्रहरीका अनुसार उक्त घटना गत बिहीबार भएको हो। पीडित परिवारले शनिबार इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरमा जाहेरी दिएपछि आरोपितलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेका व्यक्तिको स्वास्थ्य परीक्षण गराइसकिएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालिकाको स्वास्थ्य अवस्था तथा घटनाका थप विवरणहरू गोपनीयताका कारण सार्वजनिक गरिएको छैन।
प्रहरीले यस्ता संवेदनशील घटनामा गम्भीरतापूर्वक अनुसन्धान गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।






