ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं, चैत १५ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो। सरकारी वकिलले भने १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेका थिए।



जेनजी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी घटनामा अनुसन्धानका लागि गठित आयोगले दुवै नेताविरुद्ध फौजदारी मुद्दा अघि बढाउन सिफारिस गरेको थियो। सोही आधारमा शनिबार बिहान पक्राउ पुर्जी जारी गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका बेला ओली प्रधानमन्त्री तथा लेखक गृहमन्त्री रहेका थिए।

आइतबार अदालतमा लेखक स्वयं उपस्थित भएका थिए भने स्वास्थ्य समस्याका कारण ओली त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रूपमा उपस्थित भएका थिए।

प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार १८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको