लागूऔषध सहित दुई जना पक्राउ



बारा, चैत १५ । भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले बारा नाकासँग जोडिएको नेपाल–भारत सीमाक्षेत्रबाट ठूलो परिमाणमा कोडिनयुक्त (मनोप्रभावी) लागूऔषध ओनेरेक्स कफ सिरपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

एसएसबी ७१ बटालियन, मोतिहारी अन्तर्गत ‘बी’ कम्पनीले छौदादानो थानासँग संयुक्त रूपमा शनिबार साँझ करिब ७स्४५ बजे अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड गाडीबाट १०० एमएलका ८४० बोतल ओनेरेक्स कफ सिरप बरामद गरिएको छ।

बरामद भएको लागूऔषध भारतबाट नेपालतर्फ तस्करी हुँदै गर्दा सीमास्तम्भ (आईएनबी) बीपी नम्बर ३७६ नजिकै, बेला गाउँबाट करिब १० किलोमिटर टाढा फेला परेको थियो। घटनामा एक भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय जन्मेजय कुमार मिश्र र नेपाल, बारा जिल्ला, कबहिगोठ–३ जमुनिया गाउँका ५० वर्षीय रमेश प्रसाद रहेका छन्।

बरामद लागूऔषध र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि छौदादानो थानामा बुझाइएको एसएसबीले जनाएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको