एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र



सप्तरी, चैत १५ । नेकपा एमाले सप्तरीले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाईको माग गरेको छ ।

आईतवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै ओलीको रिहाईको माग गरिएको हो ।



एमाले सप्तरीका कार्यवाहक अध्यक्ष जयप्रकाश ठाकुरको नेतृत्वमा सदरमुकाम राजविराजमा प्रर्दशन पश्चात जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

प्रर्दशनका क्रममा कार्की आयोग खारेज गर, निश्पक्ष नयाँ आयोग गठन गर, गृहमन्त्री राजीनामा दे लगायतका नाराबाजी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइएको ज्ञापन पत्रमा पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई राजनितीक प्रतिशोधका कारण पक्राउ गरीएको दाबी सहित तत्काल रिहाइ नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ ।

कार्की आयोगको प्रतिवेदनलाई प्रतिशोधात्मक भन्दै ज्ञापन पत्र मार्फत सोही आधारमा पार्टी अध्यक्ष ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु निन्दनीय कार्य भएको भन्दै तत्काल रिहाई गर्न जोडदार माग गरिएको छ ।

प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार १५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको