पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना



काठमाडौं, चैत १६। पक्राउ परेका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का अस्पताल भर्ना भएका छन्।

प्रहरीले आइतबार खड्कालाई पक्राउ गरेको थियो भने सोही दिन अदालतले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर स्वास्थ्य समस्याका कारण उनलाई सोमबार बिहान उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।



अस्पताल स्रोतका अनुसार खड्कालाई बिहान करिब ३ बजे अस्पताल ल्याइएको थियो र हाल १०२९ नम्बर बेडमा राखेर उपचार भइरहेको छ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनसँग जोडिएको घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनका घरमा जलेको अवस्थामा भेटिएको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान गरिरहेको छ। विभागले यसअघि घटनास्थलबाट जलेका नोटका टुक्रा र खरानीसमेत संकलन गरिसकेको छ।

यसैबीच, सोही प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सोही अस्पतालमा उपचाररत रहेका छन्। उनलाई शनिबार नै अस्पताल भर्ना गरिएको थियो र चिकित्सकको निगरानीमा राखिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १६, सोमबार १३:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको