काठमाडौं, चैत १६ । सरकारले संविधान संशोधन सम्बन्धी बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहभागिता रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गरिनेछ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
सरकारले संसद् अधिवेशनमार्फत समसामयिक राजनीतिक विषय र संविधान संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।






