राजविराज , चैत १६ । पत्रकाहरुलाई लक्षित गरी यहा निःशुल्क कान परिक्षण तथा उपचार शिविर चलाइएको छ । नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवसको अवसर पारेर सोमवार यहाँ एक दिने निःशुल्क कान परिक्षण तथा उपचार शिविरको आयोजना गरीएको हो ।
पत्रकार महासंघ शाखा सप्तरीको आयोजना तथा इम्प्याक्ट नेपाल ठाको देवी–जोगेन्द्र भगत कान उपचार केन्द्र राजविराजको प्राविधिक सहयोगमा आयोजित शिविरमा तीन दर्जन भन्दा बढी पत्रकार स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन ।
शिवीरमा चेकजाँच, उपचार तथा औषधी सबै निःशुल्क उपलब्ध गराइएको आयोजक पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देवले जानकारी दिए ।
शिविरमा कानरोगबाट हुने हानी र यसबाट बच्ने उपायबारे समेत पत्रकारहरुलाई सचेतना प्रशिक्षण प्रदान गरिएको थियो । शिविरमा मनोज मण्डल तथा डिल्ली बहादुर अधिकारी लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रदान गरेका छन ।
कानको निःशुल्क जाँच, औषधी र उपचार सेवा पाएपछि पत्रकाहरुले खुशी ब्यक्त गरेका छन ।






