काठमाडौं, चैत १६ । नेपाली बजारमा सोमबार सुनको मूल्य उल्लेख्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ कायम रहेको थियो। यद्यपि, समग्र साप्ताहिक अवस्थालाई हेर्दा सुनको मूल्य अझै उच्च देखिएको छ। गत सोमबार भने सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार एक सातामा कुल ८ हजार रुपैयाँ वृद्धि भएको देखिन्छ।
यसैगरी, चाँदीको मूल्य पनि सोमबार घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले घट्दै चाँदीको भाउ ४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो भने गत सोमबार ४ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।






