प्रधानमन्त्रीको बैठकमा नजाने हर्क साम्पाङको घोषणा



काठमाडौं, चैत १६ । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्।

प्रतिनिधिसभाको बैठक नियमित रूपमा बोलाउन माग गर्दै उनले ‘कोठे बैठक’ मा आफ्नो पार्टीका सांसदहरू नजाने स्पष्ट पारेका हुन्। प्रधानमन्त्रीको सचिवालयले कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका लागि बैठक बोलाएको थियो, जसमा श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि आमन्त्रण गरिएको थियो।

साम्पाङले संसद् सञ्चालनलाई प्राथमिकता दिनुपर्ने भन्दै कोठाभित्रका अनौपचारिक बैठकको औचित्यमाथि प्रश्न उठाएका छन्। ‘प्रधानमन्त्रीले सदन बोलाउनेतर्फ पहल नगरी कोठे बैठकमा किन बोलाइएको हो बुझ्न सकिएन। हामी यस्तो बैठकमा सहभागी हुँदैनौं,’ उनले भने।

उनले कम्तीमा हप्तामा एकपटक प्रतिनिधिसभा बैठक बस्नुपर्ने माग राख्दै जनताका सवालबाट भाग्न नहुने धारणा व्यक्त गरे। ‘जनताका प्रश्नहरूको सामना गर्नैपर्छ, सबैलाई जवाफ दिनैपर्छ,’ उनले जोड दिए।

प्रकाशित मिति: २०८२ चैत्र १६, सोमबार १३:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको