माइतीघरबाट सुरु भयो एमालेको प्रदर्शन, ओली पक्राउको विरोध



काठमाडौं, चैत १६  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोध मा आइतबारदेखि निरन्तर प्रदर्शन गरिरहेको छ। सोही क्रममा आज पनि काठमाडौंको माइतीघर मण्डला बाट प्रदर्शन सुरु भएको छ।

एमालेका नेता–कार्यकर्ताहरू माइतीघरमा भेला भएर बबरमहलतर्फ नाराबाजीसहित अघि बढिरहेका छन्। ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै पार्टीले आन्दोलन चर्काएको हो।

यसअघि पार्टीका सचिव महेश बस्नेत ले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई अपिल गरेका थिए। उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोपसमेत लगाएका छन्।

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीलाई जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा गत शनिबार उनलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: २०८२ चैत्र १६, सोमबार १३:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको