काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय मररको निधन



राजविराज , चैत १६ । काँग्रेसका पुराना नेता टुनटुन यादव “मरर” को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टी निवासी १ सय ९ वर्षिय मररको सोमवार विहान आफ्नै निवासमा निधन भएको हो ।

उनी तत्कालिन लालापट्टी गाविसको अध्यक्ष समेत थिए । विपी कोईराला तथा कृष्ण प्रसाद भट्टराई नजिक रहेर पार्टीका लागी संगै काम गरेका बयोबृद्ध नेता मररको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणीय क्षती पुगेकोे काँग्रेस सप्तरीका सभापती रामदेव साहले बताए ।

अन्तिम श्रद्धाञ्जलीका लागी मररको पार्थिव शरिर निवास स्थलमा राखिएको छ । जहाँ नेपाली काँग्रेस सप्तरीका पुर्व सभापति दिनेश कुमार यादव, जिल्ला उपसभापति रामकुमार यादव लगायतले पार्टीको झण्डा ओढाएर सम्मान तथा श्रद्धान्जली व्यक्त गरेका छन् ।

घरमा आवश्यक विधि सकाएर वैदिक परम्परा अनुसार उनको अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन ।

प्रकाशित मिति: २०८२ चैत्र १६, सोमबार १६:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको