चुनावी समीक्षाका लागि कांग्रेसले सातै प्रदेशमा खटायो संयोजक



काठमाडौं, चैत १७ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछिको समग्र अवस्था विश्लेषण गर्न सातै प्रदेशमा चुनावी समीक्षा गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यसहित प्रदेशस्तरमा समीक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो। महामन्त्री प्रदीप पौडेलका अनुसार समीक्षा कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरूलाई प्रदेशगत रूपमा संयोजक तोकिएको छ।

कांग्रेसले डा. डिला संग्रौला पन्तलाई कोशी प्रदेश, फरमुल्लाह मन्सुर लाई मधेश प्रदेश, बहादुर सिंह लामालाई बागमती प्रदेश, देवराज चालिसेलाई गण्डकी प्रदेश, योगेन्द्र चौधरीलाई लुम्बिनी प्रदेश, कर्णबहादुर बुढा लाई कर्णाली प्रदेश र प्रकाश रसाइली स्नेहीलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ।

पार्टीले समीक्षा कार्यक्रममा निर्वाचन परिणाम, संगठनको अवस्था, जनसम्पर्क, र आगामी रणनीतिका विषयमा विस्तृत छलफल गर्ने जनाएको छ। साथै, स्थानीय तहदेखि प्रदेशसम्मका नेता–कार्यकर्तासँग सुझाव संकलन गरी पार्टीलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।

कांग्रेसले यस समीक्षा प्रक्रियामार्फत आगामी राजनीतिक दिशा तय गर्ने र संगठनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

प्रकाशित मिति: २०८२ चैत्र १७, मंगलवार १८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको