रौतहट जिल्ला अदालतका डिट्ठा ५० हजार घुससहित पक्राउ



रौतहट, चैत १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालतका डिट्ठा लबकुमार सिंहलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारको हेटौडास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार दिउँसो करिब पौन ४ बजे अदालत परिसरबाटै नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार सिंहले अदालतको फैसला अनुसार दाखिला पुर्जी मिलाई जग्गा फुकुवा गराइदिने क्रममा सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ। सेवाग्राहीसँग गैरकानुनी रूपमा रकम लिँदै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। सरकारी कार्यालयमा सेवाप्रवाहका क्रममा घुस लिने प्रवृत्तिविरुद्ध निगरानी कडा पारिएको र यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाही गरिने अख्तियारको भनाइ छ।

यस घटनालाई सार्वजनिक सेवामा हुने भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत महत्वपूर्ण कारबाहीका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १७, मंगलवार १८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको