महेश बस्नेतविरुद्ध शोभा पाठकको रिट खारेज



काठमाडौं, चैत १८ । महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर गरेको रिट उच्च अदालतले खारेज गरेको छ। पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्।

उच्च अदालत काठमाडौं का न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारी को संयुक्त इजलासले पाठकको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको छ।



पाठकले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्। तर, जिल्ला सरकारी वकिलको निर्णयमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो। उच्च अदालतले यस निर्णयलाई समर्थन गर्दै महेश बस्नेतविरुद्ध शोभा पाठकको आरोप खारेज भएको स्पष्ट पारेको छ।

प्रकाशित मिति: २०८२ चैत्र १८, बुधबार १७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको