एमाले संसदीय दलको बैठक बस्दै, दलको नेता चयन गर्ने एजेन्डा



काठमाडौं, चैत १८ । नेकपा एमालेको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुने जनाइएको छ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गर्ने निर्णय गरेको थियो। आजको बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको एक नेताले जानकारी दिएका छन्।



यसअघि सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गर्दै आन्दोलनका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति: २०८२ चैत्र १८, बुधबार ०८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको