बहराइनस्थित अमाजोनको डेटा सेन्टरमा हमला, ईरानमाथि आरोप



एजेन्सी, चैत १९ । मध्यपूर्वमा बढ्दो तनावबीच बहरीनस्थित अमेरिकी कम्पनी अमाजोनको डेटा सेन्टरमा हमला भएको समाचार सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा ईरानको संलग्नता रहेको आशंका गरिएको छ।

बहरीन को गृह मन्त्रालयले डेटा सेन्टरमा आक्रमण भएको पुष्टि गरेको छ। हमलापछि अमेजनको क्लाउड कम्प्युटिङ सेवा सञ्चालन हुने केन्द्रमा आगलागी भएको थियो, जसलाई सिभिल डिफेन्स टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।



घटनापछि कम्पनीको सेवा प्रभावित भएको बताइए पनि क्षतिको यकिन विवरण तथा मानवीय क्षतिको जानकारी सार्वजनिक गरिएको छैन।

यसअघि इस्लामिक रिवोल्यूशनरी गार्ड कॉर्प्सले अमेरिकालाई चेतावनी दिँदै मध्यपूर्वमा रहेका अमेरिकी कम्पनीहरूलाई निशाना बनाउने घोषणा गरेको थियो। सो क्रममा माइक्रोसफ्ट, गुगल र एपल जस्ता ठूला प्रविधि कम्पनीहरूलाई पनि सम्भावित लक्ष्यको रूपमा उल्लेख गरिएको थियो।

चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ईरानको धम्कीलाई हल्का रूपमा लिँदै प्रतिक्रिया दिएका थिए। उनले पत्रकार सम्मेलनमा ईरानसँग अब धम्की दिन पर्याप्त क्षमता नरहेको टिप्पणी गरेका थिए।

अमेरिका–ईरानबीच लामो समयदेखि जारी तनावका बीच भएको यस घटनाले खाडी क्षेत्रमा सुरक्षा चिन्ता थप बढाएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १९, बिहीबार ०८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको