कांग्रेस संस्थापनइतर समूहको जिल्ला सभापति भेला स्थगित



काठमाडौं, चैत १९ । नेपाली कांग्रेस संस्थापनइतर समूहले आयोजना गर्न लागेको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ। विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले तत्कालका लागि भेला स्थगित गर्ने निर्णय गरेको हो।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए। बैठकमा सहभागी नेताहरूले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गर्ने जानकारी दिएका छन्।



यसअघि संस्थापन–इतर समूहले बिहीबारका लागि जिल्ला सभापतिहरूको भेला बोलाइएको सूचना जारी गरेको थियो। तर फरक गतिविधि अघि बढाउने तयारीका कारण धुम्बाराही बैठकले भेला स्थगित गरेको बताइएको छ।

एक शीर्ष नेताले थप आन्तरिक छलफलपछि मात्र जिल्ला सभापति भेलाबारे निर्णय गरिने बताएका छन्। युवा नेताहरूले प्रदेशअनुसार जिल्लाहरूलाई बोलाएर छलफल गर्ने तयारीका लागि पूर्वनिर्धारित भेला स्थगित गरिएको जानकारी दिएका छन्।

संस्थापन–इतर समूहका अर्का नेताले सर्वोच्च अदालतमा पार्टीको आधिकारिता सम्बन्धी २२ चैतमा तोकिएको पेसीलाई ध्यानमा राख्दै भेला स्थगित गरिएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: २०८२ चैत्र १९, बिहीबार १०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको