रौतहट, चैत २०। भूमि सुधार तथा मालपोत कार्यालय गौर बाट प्रहरीले चार जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।
सरकारले मालपोत कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेपछि प्रहरी टोली आज कार्यालयमा पुगेको थियो। सो क्रममा सेवाग्राहीसँग रकम असुल्दै काम गराइरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसाद रहेका छन्। उनीहरूलाई थप सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ।
प्रहरीका अनुसार सेवाग्राहीबाट अवैध रूपमा रकम लिई काम गराउने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले अनुगमन तीव्र बनाइएको छ।






