जनकपुरधाम, चैत २० । धनुषाको मिथिला नगरपालिका–१०, लालगढ बाट ४० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
शुक्रबार पक्राउ पर्नेमा प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन्। अख्तियार बर्दिवास कार्यालयका अनुसार, कमला–ढल्केबर–बाग्मती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङको काम गरिरहेका ठेकेदारसँग घुस लिँदै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको हो।
अख्तियारका अनुसार निरीक्षक अधिकारीले विभिन्न बहाना बनाएर निर्माण कार्यमा प्रयोग हुने सवारी साधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र काममा निरन्तर दुःख–हैरानी दिने गतिविधि गर्दै आएका थिए।
पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।






