भक्तपुर प्रहरीको ‘स्वीप अप्रेसन’, ६० भन्दा बढी पक्राउ



भक्तपुर, चैत २२। सार्वजनिक शान्ति सुरक्षामा बाधा पुर्‍याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर भक्तपुरले शनिबार विशेष ‘स्वीप अप्रेसन’ सञ्चालन गरेको छ। यस अप्रेसनमा रातभरिमा ६० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख सूर्यबहादुर खड्काका अनुसार पक्राउ परेकाहरूको विभिन्न कसुरमाथि अनुसन्धान गरेर कानुनी कारबाही अघि बढाइनेछ।



प्रहरीले ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग तथा युनिट परिचालन गरी अप्रेसन सञ्चालन गरेको जनाएको छ। सार्वजनिक स्थलमा शान्ति भङ्ग गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने र समूहमा बसेर होहल्ला वा अन्य अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार, नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष अप्रेसन गरिएको हो।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार ०९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको