इजरायलद्वारा ईरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल जोनमाथि हमला, ५ जनाको मृत्यु



एजेन्सी, चैत २२। मध्यपूर्व क्षेत्रमा जारी तनावका बिच इजरायलले ईरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल जोनमा आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्।

आक्रमणबाट पेट्रोकेमिकल संरचनामा कति क्षति पुगेको छ भन्नेबारे आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन। तर, घटनाले क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने अनुमान गरिएको छ।



इजरायली हमलापछि ईरानले पनि जवाफी कदम चालेको छ। ईरानले ड्रोनमार्फत कुवैतस्थित एक पावर प्लान्टमा आक्रमण गरेको जनाएको छ। उक्त आक्रमणबाट पावर प्लान्टमा ठूलो क्षति पुगेको र दुई युनिट बन्द गर्नुपरेको बताइएको छ।

ईरानका एक उच्च सैन्य कमाण्डरले चेतावनी दिँदै भनेका छन् कि यदि ईरानको पूर्वाधारमा अमेरिका वा इजरायलबाट थप हमला भएमा, पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अड्डा र इजरायली संरचनामाथि विनाशकारी आक्रमण गरिनेछ।

यसैबीच, डोनाल्ड ट्रम्पद्वारा ईरानका संरचनामा आक्रमण गर्ने चेतावनीपछि ईरानी अधिकारीहरूले कडा प्रतिक्रिया जनाएका छन्। ईरानका खातम अल(अनबिया मुख्यालयका कमाण्डर अली अब्दुल्लाहीले अमेरिकाको उक्त कदमलाई “हतास र असन्तुलित” भन्दै आलोचना गरेका छन्।

उनले ईरानी सशस्त्र बल देशको सम्पत्ति र अधिकारको रक्षा गर्न सधैं तयार रहेको र कुनै पनि आक्रमणको कडा जवाफ दिने बताएका छन्।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार ०८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको