काठमाडौं, चैत २२ । सरकारले भोलिदेखि लागू हुनेगरी साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
उनले पेट्रोलियम आपूर्तिमा आएको समस्या व्यवस्थापन गर्न र ऊर्जा खपत घटाउने उद्देश्यले यो कदम चालिएको स्पष्ट पारे।






