आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन



काठमाडौँ, चैत २३ । मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि देशभरका सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने भएका छन्।

यसअघि सरकारी कार्यालयको समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कायम थियो। जाडोयाम (कात्तिक १६ देखि माघ १५ सम्म) भने बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालय खुल्ने व्यवस्था रहेको थियो।

सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित सातामा दुई दिन—शनिबार र आइतबार—बिदा दिने तथा कार्यालय समय बिहानै सुरु गर्ने निर्णय गरेको हो। उक्त निर्णय राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि कार्यान्वयनमा आएको हो।

यसअघि पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ जेठ १ गतेदेखि बिहान ९ः३० बजेदेखि बेलुकी ५ः३० बजेसम्म कार्यालय सञ्चालन गर्ने अभ्यास लागू गरेको थियो।

सरकारको यो निर्णयले इन्धन बचतसँगै प्रशासनिक कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार ०८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको