कांग्रेस संसदीय दलको बैठक आज, नेता चयनमा छलफल हुने



काठमाडौँ, चैत २३ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा प्रमुख रूपमा छलफल हुने बताइएको छ।

दलका नेतृ बासना थापा का अनुसार बैठकको औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि संसदीय दलको नेता चयन प्रक्रियालाई अगाडि बढाउने सम्भावना रहेको छ।

संसदीय दलको नेताका लागि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी सहित भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र निस्कल राई लगायतका नाम चर्चामा रहेका छन्।

सभामुख चयन नभएसम्म संसद् बैठक सञ्चालनको जिम्मेवारी ज्येष्ठ सदस्य केसीले सम्हाल्नु परेकाले कांग्रेसले दलको नेता चयन प्रक्रिया केही ढिलो गरेको जनाएको छ। अब डोलप्रसाद (डीपी) अर्याल सभामुख चयन भइसकेकाले प्रतिनिधिसभा बैठक सञ्चालन गर्नेछन्।

अन्य दलहरूले भने आफ्ना संसदीय दलका नेता चयन गरिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का नेता बालेन्द्र शाह, नेकपा एमाले का रामबहादुर थापा, नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टी का हर्क साम्पाङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का ज्ञानेन्द्र शाही दलका नेता चयन भइसकेका छन्।

कांग्रेस संसदीय दलको विधानअनुसार प्रतिनिधिसभाका सदस्यहरूले आफ्नैमध्येबाट दलको नेता निर्वाचित गर्ने व्यवस्था छ। एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानमार्फत् निर्वाचन हुने प्रावधान रहेको छ।

कांग्रेसभित्र गगन थापा र शेरबहादुर देउवा पक्षबीचको आन्तरिक प्रतिस्पर्धाका कारण यसपटक पनि मतदान प्रक्रियाबाटै दलको नेता चयन हुने सम्भावना उच्च रहेको नेताहरूको भनाइ छ।

संवैधानिक रूपमा प्रमुख प्रतिपक्ष दलको नेता महत्त्वपूर्ण पद मानिन्छ, जो संवैधानिक परिषद्को सदस्य समेत हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार ०८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको