जीर्ण सडकको मरम्मत सम्भारको माग गर्दै दुई दिन देखि चक्काजाम



राजविराज, चैत २३ । मुलुककै प्रसिद्ध शक्तीपीठ मध्येको एक छिन्नमस्ता भगवती मन्दिर सम्म पुग्ने राजविराज–छिन्नमस्ता सडक खण्डमा जीर्ण सडकको मरम्मत सम्भारको माग गर्दै लगातार दोस्रो दिन सोमबार पनि चक्काजाम गरिएको छ ।

आईतवार विहानदेखि सुरु गरिएको चक्का जामलाई सोमबार पनि निरन्तरता दिइएको हो । उक्त सडक खण्डको विष्णुपुर गाउँपालिका क्षेत्र अन्तर्गत पर्ने सडक खण्डमा ढाट, डोजर तथा टिपर तेस्र्याएर स्थानीयले आवागमन ठप्प पारेका हुन । स्थानीयले लामो समय देखी जीर्ण सडकको मरम्मत तथा कालोपत्रे कार्यमा ढिलाई भइरहेको भन्दै चक्काजाम कार्यलाई निरन्तरता दिएका छन् ।



स्थानियबासीले सडक निर्माण कार्यलाई गति प्रदान गर्न थालिएको आन्दोलन माग पुरा नभए सम्म जारी राख्ने अडान लिएका छन् ।
ढाट लगाउनुका साथै बीच सडक मै टिपर र डोजर तेस्र्याएर राखिएपछी दुबै तर्फ दर्जनौ सवारी साधन रोकिएर यात्रुको वियोग भएको छ । छिन्नमस्ता भगवतीको दर्शनका लागी हिडेका तथा दर्शन गरी फर्किन लागेका सयौं तीर्थयात्रु पनि अलपत्र परेका छन ।

राजविराज देखी छिन्नमस्ता भगवती मन्दिर सम्म पुग्ने १२ किलो मिटर सडकको केही भागमा कालोपत्रे भएपनी बाँकी धेरै भागमा कालोपत्रे हुन सकेको छैन । झण्डै ७ किलो मिटर सडक कालोपत्रे हुन अझै बाकि छ । जसकारण सुख्खायाममा धुलो र वर्षायाममा हिलोले स्थानीयवासी पीडीत हुने गरेका छन ।

उक्त सडकको जीर्ण भागको मरम्मत सम्भारका लागी पटक÷पटक दवाब मुलक कार्यक्रमहरु गर्दैै आएपनी आश्वासन बाहेक केही नपाइएको स्थानीयवासीको गुनासो छ । यस्तै उक्त सडक निर्माण कार्यको जिम्मा पाएका निर्माण कम्पनीले पनि कछुवा गतीमा काम गरिरहेको भन्दै स्थानीयले अविलम्ब सडक स्तरोन्नतीको कार्यलाई गति प्रदान गर्न माग गरेका छन ।

 

प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार १७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको