जनकपुरमा उद्यमशीलता सीप–निर्माण कार्यक्रम सुरु



जनकपुर, चैत २६ । नेपालस्थित अमेरिकी दूतावास ले मधेश प्रदेश केन्द्रित उद्यमशीलता सीप–निर्माण कार्यक्रम जनकपुरमा औपचारिक रूपमा सुरु गरेको छ।

इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (IDI)आद्यन्त एड्भाइजरी सँगको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रम देशव्यापी पहलअन्तर्गत मधेश प्रदेशमा सुरु गरिएको हो।



यस कार्यक्रमले प्रारम्भिक चरणका उद्यमीहरूलाई दिगो व्यवसाय निर्माण, लगानी आकर्षण, निर्यात प्रवर्द्धन तथा कृत्रिम बुद्धिमत्ता (AI) को प्रभावकारी प्रयोगबारे व्यवहारिक सीप प्रदान गर्ने लक्ष्य राखेको छ। साथै उद्यमीहरूलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्य रहेको छ।

कार्यक्रमको प्रारम्भ लुम्बिनी प्रदेशको नेपालगञ्जबाट गरिएको थियो भने धनगढी, विराटनगर हुँदै जनकपुरमा सञ्चालन भइरहेको छ। आगामी चरणमा हेटौँडा, भैरहवा र पोखरामा पनि कार्यक्रम विस्तार गरिने जनाइएको छ। सातै प्रदेशका करिब २०० उद्यमीहरूले प्रत्यक्ष तथा भर्चुअल प्रशिक्षणमा सहभागिता जनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत व्यवसायका आधारभूत पक्ष, बजार पुष्टि, लगानीकर्तासँग प्रभावकारी संवाद, डिजिटल मार्केटिङ तथा निर्यात तयारी जस्ता विषयमा प्रशिक्षण दिइनेछ। यसले उद्यमीहरूलाई नयाँ सोचलाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने विश्वास गरिएको छ।

दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर ले उद्यमशीलता आर्थिक वृद्धि र नवप्रवर्तनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यस कार्यक्रमले नेपाल–अमेरिका व्यापार तथा वाणिज्य सहकार्यलाई अझ मजबुत बनाउने बताए।

यो पहल अमेरिका–नेपाल वाणिज्य कूटनीति श्रृङ्खला अन्तर्गत सञ्चालन भइरहेको हो, जसले निजी क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमले उद्यमीहरूलाई सल्लाहदाता, लगानीकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूसँग जोड्ने र व्यवसाय विस्तारका लागि आवश्यक मार्गदर्शन प्रदान गर्नेछ।

यस कार्यक्रमको कार्यान्वयन इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (IDI)आद्यन्त एड्भाइजरी ले गरेका छन् भने एमच्याम नेपालग्लोबल इम्प्याक्ट कलेक्टिभ लगायतका संस्थाहरूले साझेदारी गरेका छन्।

प्रकाशित मिति: २०८२ चैत्र २६, बिहीबार १८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको