उपसभामुखमा जनकपुरकी छोरी रुवि सुनिश्चित



जनकपुरधाम, चैत २६ । उपसभामुख पदमा जनकपुरकी छोरी एवं श्रम संस्कृति पार्टीकी सांसद रूविकुमारी ठाकुर प्रायः सुनिश्चित भएकी छन ।

उपसभामुख पदका लागि आज निर्धारित २ बजे सम्ममा श्रम संस्कृति पार्टीको तर्फबाट रुवि र राप्रपाको तर्फ बाट सरस्वति लामिछानेले मात्र उम्मेदवारी दिएपछि रुवि सुनिश्चित भएकी हुन ।

रुविको प्रास्तावकमा श्रम संस्कृतिका सांसद आरेन राई र समर्थकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटी छन्।
रुविलाई रास्वपाले समर्थन गरि सकेको छ र काँग्रेस, एमाले तथा नेकपालेले समर्थन जनाउने निर्णय गरि सकेका छन ।

हुनतः राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेले राप्रपा सांसदलाई उपसभामुखमा समर्थन गर्ने बताएको दाबी गरेका थिए।

प्रकाशित मिति: २०८२ चैत्र २६, बिहीबार १४:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको