जनकपुरधाम, चैत २६ । जेनजी आन्दोलन सम्बन्धि ज्यान मुद्दामा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा पूवं गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखक हिरासत मुक्त भएका छन ।
१३ दिन अघि पक्राउ परेको दुबै जनालाई सर्वोच्च अदालतको आदेशमा हाजरी जमानीमा हिरासतमुक्त गरिएको हो । पक्राउ परेका दुबै जनाको तर्फ बाट परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विहीवार सम्म अनुसन्धान पुरा गर्न वा रिहा गर्न आदेश गरेको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी पवन भट्टराईका अनुसार दुबै जनालाई परिवारको जिम्मा लगाई रिहासत मुक्त गरिएको छ ।
स्वास्थ्य जटिलताका कारण शिक्षण अस्पतालमा रहेको पूर्व प्रम ओली हिरामुक्त भएपनि स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले अस्पतालमै रहने भएका छन्।
पारिवारिक स्रोतका अनुसार ओलीको स्वास्थ्यमा अझै सुधार नआएकाले चिकित्सकहरूले उनलाई अस्पतालमै राखेर उपचार अघि बढाउने निर्णय गरेका हुन्। उनीमा देखिएको पत्थरी समस्याको शल्यक्रिया आगामी मंगलबार गर्ने तयारी भइरहेको छ।
जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओलीको स्वास्थ्यमा विभिन्न जटिलता देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको सुगर लेभल असामान्य रूपमा बढेको तथा थाइराइडसम्बन्धी समस्या पनि देखिएको चिकित्सकहरूले जनाएका छन्।
पत्थरीसमेत देखिएपछि शल्यक्रिया गर्नुअघि सम्भावित जोखिमबारे चिकित्सक टोलीले विस्तृत परामर्श गरिरहेको छ। यद्यपि प्रहरीले उनलाई आजै उनकी पत्नी राधिका शाक्य को जिम्मामा रिहा गरेको छ भने अस्पतालले अझै डिस्चार्ज नदिने जनाएको छ।
ओलीका स्वकीय सचिव राजेश बज्राचार्य का अनुसार विभिन्न स्वास्थ्य समस्या भएका कारण सबै विभागका चिकित्सकहरूको सहमति आवश्यक पर्ने भएकाले अपरेशनबारे अन्तिम निर्णय हुन बाँकी छ। उनका अनुसार ओलीको इच्छा घरमै आराम गर्ने भए पनि चिकित्सकको सुझाव अनुसार नै निर्णय लिइनेछ।






