विद्यार्थी संगठन खारेज गर्न नपाइने नेकपाको निष्कर्ष



काठमाडौं, चैत २८। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यालय तथा कलेजमा विद्यार्थी संगठन हरूलाई प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ।

शनिबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। पार्टीका नेता जगन्नाथ खतिवडा ले बैठकको निर्णय सार्वजनिक गर्दै विद्यार्थी तथा जनसंगठनमाथि प्रतिबन्ध लगाउने विषय गलत रहेको बताएका छन्।



सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय समावेश गरिएकोप्रति नेकपाले आपत्ति जनाएको छ। पार्टीका अनुसार यस्तो कदमले नागरिक तथा ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने ठहर गरिएको छ।

नेता खतिवडाका अनुसार, “विद्यालय तथा कलेजमा विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कुरा उचित होइन, यसले जनअधिकारमा अंकुश लगाउँछ।” उनले यस्तो निर्णयको विपक्षमा पार्टी दृढ रूपमा उभिने स्पष्ट पारे।

यसैबीच, केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक आगामी ३ वैशाखमा बस्ने र बाँकी निर्णयहरू त्यसपछि सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति: २०८२ चैत्र २८, शनिबार १६:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको