लेबनान पुगेर नेतन्याहुले भने : युद्ध जारी रहन्छ



एजेन्सी, चैत ३० । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी लेबनानको भ्रमण गर्दै युद्ध अझै जारी रहेको बताएका छन्। उनले स्पष्ट रूपमा भनेका छन् कि अहिले कुनै पनि प्रकारको युद्धविराम (सीजफायर) हुने अवस्था छैन।

बुलेटप्रुफ ज्याकेट लगाएर सैनिकहरूसँग भेटघाट गरेका नेतन्याहूले हिजबुल्लाह विरुद्धको कारबाही जारी रहने बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियोमा उनी सैनिकहरूको घेरामा देखिएका छन्।



उनले भने, “यो युद्ध जारी छ, जसमा लेबनानको सुरक्षा क्षेत्रभित्र गरिएका कारबाही पनि समावेश छन्। हाम्रो विरुद्धमा उत्रिएका दुश्मनहरू इरान र यसको ‘बुराइको धुरी’—अहिले आफैं अस्तित्वको संघर्षमा छन्।”

इजरायली सेना हाल दक्षिणी लेबनानमा ट्यांक, पैदल सेना तथा हवाई आक्रमणमार्फत सक्रिय रहेको छ। नेतन्याहूले सुरक्षा क्षेत्रमार्फत ज्भशदयििबज बाट हुने आक्रमणको खतरा कम गरिएको दाबी गरेका छन्।

यसैबीच, उनले लेबनानसँग प्रत्यक्ष वार्ताका लागि अनुमति दिएको पनि बताएका छन्। वार्ताको मुख्य उद्देश्य हिजबुल्लाह लाई निशस्त्र गर्नु र इजरायल र हिजबुल्लाबीच दीर्घकालीन शान्ति सम्झौता गर्नु रहेको उनले उल्लेख गरे।

यद्यपि, उनले स्पष्ट पारेका छन् कि जबसम्म उत्तरी इजरायलमा सुरक्षा पूर्ण रूपमा बहाल हुँदैन, तबसम्म सैन्य कारबाही रोकिने छैन।

प्रकाशित मिति: २०८२ चैत्र ३०, सोमबार ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको